Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
खरसाङमा फेरि एकपल्ट फुल्यो कमल

खरसाङमा फेरि एकपल्ट फुल्यो कमल

सम्पूर्ण जनताको जीत भएको छ: सोनाम लामा

खरसाङ, 04 मई (हि.स.)। खरसाङ विधानसभा समष्टिमा फेरि एकपटक कमल फुलेको छ। गत 2021 मा पनि भारतीय जनता पार्टीको उम्मेदवार बीपी बजगाईले जीत हासिल गरेका थिए भने खरसाङ विधानसभा समष्टि सातजना उम्मेदवारहरु चुनाउ मैदानमा उत्रिएका थिए, जसमा भाजपा उम्मेदवार सोनाम लामाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्।

उनले जम्मा 74 हजार 8 सय 78 मत प्राप्त गरेका छन्। दोस्रो सर्वाधिक मत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामाले प्राप्त गरेका छन्। उनले जम्मा 57 हजार 8 सय 71 मत प्राप्त गरेका छन्।

भाजपा उम्मेदवार लामाले आफ्नो निकटम प्रतिद्वन्दी भागोप्रमो उम्मेदवार लामालाई 17 हजार 7 भोटले पराजित गरेका छन्। तेस्रो स्थान प्राप्त गरेकी इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेदवार बन्दना राईले 41 हजार 88 मत प्राप्त गरेकी छन्। यसरी नै सीपीआईएमको उम्मेदवार उत्तम शर्माले 1 हजार 6 सय 90 भोट, कांग्रेसका सरोजकुमार खत्रीले 1 हजार 6 सय 51 भोट, निर्दलीय उम्मेदवार मोहन शर्माले 1 हजार 3 सय 99 भोट र अर्का निर्दलीय उम्मेदवार सुमेन्द्र तामाङले 1 हजार 4 सय 88 भोट पाएका छन्। नोटामा 1 हजार 7 सय 68 भोट परेको छ भने 1 हजार 39 भोट रद्ध भएका छन्।

भाजपाका विजयी उम्मेदवार सोनाम लामाले पत्रकारहरुसित कुराकानी गर्दै भने, यसपाली सम्पूर्ण जनताको जीत भएको छ। बंगालमा पनि परिवर्तन भएको छ। चुनाउ आयोगले पनि यसपाली निष्पक्ष रुपमा चुनाउ गराएको छ र मानिसहरु खुलेर बाहिर आएर मतदान गरेका छन्। उनले खरसाङ विधानसभा समष्टिका सम्पूर्ण जनतालाई आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali