कोलकाता, 05 मई (हि.स.)। पश्चिम बङ्गालमा विधानसभा चुनाउको परिणाम सार्वजनिक हुनसाथ भारी बहुमतले विजय भएको भारतीय जनता पार्टी (भाजपा)-को उत्सव चारैतिर देखिँदैछ। मङ्गलवार बिहानदेखि कालीघाटमा परिवर्तनको हावा चलिरहेको छ।
यसै क्रममा हरिश च्याटर्जी स्ट्रीटस्थित ममता ब्यानर्जीको घर सामु सुरक्षाको लागि लगाइएको सबै गार्ड वाललाई हटाइएको छ। अब यस क्षेत्रमा आम मानिसहरूको आवागमन पूर्ण रूपले सामान्य भएको छ।
वास्तवमा ममता ब्यानर्जी अब मुख्यमन्त्री पदमा रहेनन् जसले गर्दा उनको सुरक्षा व्यवस्थालाई बिस्तारै घटाइँदैछ। ममता ब्यानर्जी पछिल्लो लामो समयदेखिकै 30बी, हरिश च्याटर्जी स्ट्रीटस्थित आफ्नो पैतृक घरमा बस्दै आइरहेकी छन्। उनको राजनीतिक जीवनको शुरूआतदेखि लिएर मुख्यमन्त्री बन्नेसम्म यस घरमा त्यति धेरै परिवर्तन नदेखिए पनि क्षेत्रको सुरक्षा व्यवस्थामा ठूलो परिवर्तन देखिएको थियो। मुख्यमन्त्री बनेपछि उनको घर अगाड़िको सड़कलाई सर्वसाधारणको लागि लगभग बन्द गरिएको थियो। मुख्य सड़कदेखि भित्र जानको लागि गार्डरेल पार गर्नुपर्थ्यो।
सूत्र अनुसार नवान्नको निर्देशमा पुलिसले सबै गार्डरेललाई हटाइदिएको छ। तथापि अहिले पनि क्षेत्रमा केही पुलिसकर्मीहरू तैनाथ छन् साथै निगरानी जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
