Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
कोलकातामा सम्पन्न कार्यशालामा सिक्किमको सहभागिता

कोलकातामा सम्पन्न कार्यशालामा सिक्किमको सहभागिता

मङ्गन, 30 मई (हि.स.)। कोलकातास्थित राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) मा 28 मईका दिन एनडीडीबी तथा सस्टेन प्लस साझेदारी अन्तर्गत उपयुक्त दुग्ध विकास हस्तक्षेपहरूको वित्तीय व्यवस्थापन" विषयमा क्षेत्रीय सरोकारवालालाई लिएर परामर्श कार्यशाला सम्पन्न भयो।

यो कार्यशाला विशेष रूपमा भारतका पूर्वी तथा उत्तर-पूर्वी राज्यहरूका सरोकारवालाहरूका लागि आयोजना गरिएको थियो, जसमा दुग्ध संघ, दुग्ध सहकारी संस्था, सरकारी निकाय, वित्तीय संस्था तथा विकास साझेदारहरूका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यशालामा सिक्किम मिल्क युनियनका प्रबन्ध निर्देशक डा. टीबी घतानी, उत्तर डेरी मिल्क युनियनकी प्रबन्ध निर्देशक डा. हिस्से डोमा लेप्चा, प्रबन्धक, एसएमयू (गान्तोक) डा. छिरिङ ग्याल्पो भोटिया र प्रबन्धक, एसएमयू (जोरथाङ) यादव शर्मा सहभागी थिए।

कार्यशालामा एनडीडीबी र सिक्किम मिल्क युनियन तथा उत्तर जिल्ला डेरी मिल्क युनियनबीचको साझेदारीसम्बन्धी महत्वपूर्ण विषयहरूमा पनि छलफल भएको बताइएको छ। कार्यशालामा सिक्किमको दुग्ध उद्योगले सामना गरिरहेका चुनौतीहरू, वैज्ञानिक प्रविधिको प्रयोगमार्फत गरिएका प्रगतिशील हस्तक्षेपहरू तथा दुग्ध क्षेत्रको विकासका सम्भावनाहरू मुख्य रूपमा उठाइएका थिए।

कार्यशालामा पूर्वी तथा उत्तर-पूर्वी राज्यहरूमा दुग्ध क्षेत्रसँग सम्बन्धित विशिष्ट चुनौती र अवसरहरु, साना दुग्ध किसानहरूका लागि उपयुक्त कार्यक्रमहरू, दुर्गम क्षेत्रमा दूध संकलन सञ्जाल, पशुचारा विकास, गोबर व्यवस्थापन तथा दुग्ध सहकारी संस्थाहरूको सुदृढीकरण आदि जस्ता विषयहरूमा विस्तृत छलफल भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali