Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

लखनऊमा खाली प्लटमा भेटियो युवकको शव

खनऊ, 05 मई (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊको पीजीआई कोतवाली क्षेत्र स्थित खाली प्लटमा मंगलवार एक युवकको शव फेला परेको छ। मृतकको पहिचान भइसकेको छ।

पुलिस उपायुक्त (दक्षिण) अमित कुमार आनन्दले नगराम रोडको सेक्टर-8 अवध विहार योजना नजिकैको खाली प्लटमा युवकको शव फेला परेको बताए।

मृतकको पहिचान रेवतापुर निवासी सचिन यादव (30) को रूपमा गरिएको छ। शरीरको धेरै भागमा चोटपटकका निशानहरू छन्। शव 24 घण्टा पुरानो हो। पुलिसले घटनास्थलमा फिल्ड युनिट बोलाएर प्रमाण सङ्कलन गरेको छ। पुलिसले पञ्चनामा भरेर शव पोस्टमार्टमको लागि पठाएर थप कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali