Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

महाशक्ति कालीबाड़ी मन्दिरमा दुस्साहसिक चोरी

सिलगढ़ी, 31 मई (हि.स.)। सिलगढ़ीको लेक टाउनस्थित प्रसिद्ध महाशक्ति कालीबाड़ी मन्दिरमा दुस्साहसिक चोरी भएको घटनाले क्षेत्रमा कोकोहोलो मचाएको छ। मन्दिर सिलगढ़ी मेट्रोपोलिटन पुलिसको न्यू जलपाईगुड़ी थाना अन्तर्गत पर्छ जसलाई स्थानीय मानिसहरूको ठूलो आस्थाको केन्द्र मानिन्छ।

प्राप्त जानकारी अनुसार आइतवार बिहान मन्दिरका पुजारी पिन्टु चौधरी तथा अन्य सेवकहरू मन्दिरमा पुग्दा मुख्य ढोकाको ताला भत्किएको थियो। भित्र गएर हेर्दा थाहा लाग्यो कि चोरहरूले मन्दिरमा राखिएको माँ देवीको मूर्तिका सबै गहनाहरू, पूजा सामग्री तथा भाँड़ाहरू चोरी गरेर भागेछन्।

यस अतिरिक्त दानपेटीलाई भत्काएर लगभग 30 हजार रुपियां नगद पनि चोरहरूले चोरेका छन्। आरोप छ, मन्दिरको सीसीटीभी क्यामराको फुटेज पुलिसले जाँच गरिरहेको छ। घटनाको सूचना पाएर घटनास्थलमापुगेको न्यू जलपाईगुड़ी थानाको पुलिसले स्थितिको जायजा लियो। पुलिस मामिलाको अग्रिम जाँचमा जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali