Dailyhunt

माकपाले कार्यकर्ताहरूसित चुनाउपछि संयम अप्नाउने अपील गऱ्यो

कोलकाता, 04 मई (हि. स.)। पश्चिम बङ्गालमा विधानसभा चुनाउपछि कुनै पनि प्रकारको हिंसा नहोस् भन्न खातिर भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)-ले पार्टी कार्यकर्ताहरूसित संयम अप्नाउने अपील गरेको छ।

माकपाका केन्द्रिय समिति सदस्य सुजन चक्रवर्तीले सोमवार भने, भोटर सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- को कारणले केही मानिसहरूको नाम मतदाता सूचीबाट हटाइएको थियो जसले गर्दा उनीहरूले मतदान गर्न सकेनन्। तथापि जुन मानिसहरूले मतदान गरेका छन्, उनीहरूले आफ्नो जनादेश दिएका छन्। कसैलाई फसेला मन परोस्-नपरोस्, तर लोकतन्त्रमा त्यसलाी स्वीकार गर्नैपर्छ।

उनले भने, राज्यमा पछिल्लो चुनाउपछि हिंसात्मक घटनाहरू घटेका थिए। वर्ष 2011- मा विपक्षी कार्यकर्ताहरूमाथि हमला भएको थियो। त्यसताक ममता ब्यानर्जीसित शुभेन्दु अधिकारी पनि थिए। त्यसपछि वर्ष 2021-को चुनाउपछि कतिपय ठाउँमा हिंसा भएको सिकायत आएको थियो।

सुजन चक्रवर्तीले भने, राज्यमा फोहोरी राजनीति बन्द हुनुपर्छ। चुनाउपछि शान्ति कायम राख्नु सत्तापक्ष र विपक्ष दुवैको जिम्मेवारी हो। सबै पार्टीहरूले मिलेर यो सुनिश्चित गर्नुपर्छ कि हिंसा कहिल्यै नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali