
गान्तोक, 06 मई (हि.स.)। विद्या भारती सिक्किम प्रान्तद्वारा दक्षिण सिक्किमको मालबासे-नामफिङमा सञ्चालित सरस्वती विद्या निकेतनको विद्यालय भवनको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ। यस क्रममा बुधवार विद्यालयको नवनिर्मित भवनको ढलाई (आरसीसी स्ल्याब कास्टिङ) को कार्य सम्पन्न गरिएको छ।
उक्त महत्वपूर्ण निर्माण कार्य आज विद्या भारती विकास परिषद्, उत्तर बंगालका कार्यकारिणी सदस्य पवन कुमार अग्रवालको मार्गदर्शन एवं प्रत्यक्ष निरीक्षणमा सम्पन्न गरियो। यस अवसरमा विद्या भारती सिक्किम प्रान्तका संयोजक मोहन शर्मा र प्रकल्प देखरेख कार्यकर्ता महेश शर्मा पनि उपस्थित थिए।
समाजको उदार सहयोग र शुभचिन्तकहरूको सतत समर्थनले यो राष्ट्रिय कार्य सुचारू रूपले अगाडि बढिरहेको जानकारी विद्या भारती सिक्किमका कार्यालय सचिव सूर्य धितालले दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल

