Dailyhunt

ममता ब्यानर्जीले कार्कर्ताहरूलाई काउन्टिङ्ग सेन्टर नछड़्ने अपील गरिन्, गड़बड़ी भएको आरोप

कोलकाता, 04 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026- को मतगणना भइरहेको समय मुख्यमन्त्री ममता ब्यानर्जीले गम्भीर आरोप लगाएकी छन्। उनले दाबी गरिन्, मतगणना प्रक्रियामा गड़बड़ गरिँदैछ, त्यसैले पार्टी कार्यकर्ताहरू सतर्क रहन आवश्यक छ।

ममता ब्यानर्जीले सबै काउन्टिङ्ग एजेन्टहरूसित अपील गरिन्, उनीहरू कुनै पनि अवस्थामा मतगणना केन्द्र छोड़ेर नजाउन्। उनले आरोप लगाइन्, यो एक सुनियोजित षड़यन्त्र हुनसक्छ जसमा शुरूआती राउण्डमा एक पक्षलाई अगाड़ि देखाइन्छ र पछि गणनालाई रोकिन्छ। उनले भनिन्, कतिपय स्थानहरूबाट दुई-तीन राउण्डपछि काउन्टिङ्ग रोकिएको सिकायत सामु आएको छ।

मुख्यमन्त्रीले यो पनि दाबी गरिन्, केही मशिनहरूमा गड़बड़ी पाइएको छ जसको आँकड़ासित मेल खाँदैन। उनले आरोप लगाइन्, पुलिस अनि केन्द्रिय बलहरूको उपस्थितिमा तृणमूल कार्कर्ताहरूमाथि दबाव दिइँदैछ भने कतिपय क्षेत्रहरूबाट पार्टी कार्यालयमा तोड़फोड़ भएका घटनाहरू प्रकाशमा आएको छ।

उनले अझ भनिन्, उनको पार्टी अहिले 70-100 सीटमा अगाड़ि छ, तर मीडियाको माध्यमबाट गलत जानकारी फैलाउने प्रयास गरिँदैछ। ममता ब्यानर्जीले यो पनि आरोप लगाइन्, पहिला जुन सूचना भिन्नै एजेन्सीबाट पाइन्थ्यो, अहिले सबै कमान चुनाउ आयोगले आफ्नो हातमा लिएको छ।

अन्तमा उनले कार्यकर्ताहरूसित संयम अप्नाउने तथा अन्तसम्म मतगणना प्रक्रियामाथि नजर राख्ने अपील गरिन्। उनले भरोसा व्यक्त गरिन्, अन्तिम राउण्डसम्म तस्वीर स्पष्ट हुनेछ र उनको पार्टीले जीत हासिल गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali