Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

मणिपुरमा प्रचुर मात्रामा हेरोइन जफतः सेनापति र इम्फाल ईस्टमा दुई पक्राउ

म्फाल, 2 मई (हि.स.)। मणिपुरमा सुरक्षा बल तथा पुलिसद्वारा सञ्चालित मादक पदार्थ विरोधी भिन्न-भिन्न अभियानहरूमा 7 सय ग्रामभन्दा अधिक हेरोइन जफत गरिएको छ भने यस सिलसिलामा दुई जना आरोपीहरूलाई पक्राउ गरिएको छ।

पुलिस प्रवक्ताले आज बताए, गए 1 मईमा सञ्चालित पहिलो अभियानया सेनापति जिल्लाको मराम थाना अन्तर्गत कबिनाम क्षेत्रबाट सुरक्षा बलहरूले सैकुल बजार निवासी 25 वर्षीय म्याङ्गलेङ्थाङ्ग तुबोईलाई पक्राउ गरे जसको कब्जाबाट 551 ग्राम संदिग्ध हेरोइन जफत गरियो। यसको साथै एउटा चार चक्के वाहन र एउटा मोबाइल फोन पनि जफत गरियो।

दोस्रो मामिलामा इम्फाल ईस्ट जिल्लाको लमलाई थाना अन्तर्गत खाबेइसोईस्थित साजिवा जेल रोडबाट पुलिसले कैरङ्ग खुमिडोक मायाई लेइकाई निवासी 28 वर्षीय मो. अनिश खानलाई पक्राउ गऱ्यो भने उसको कब्जाबाट तीन वटा साबुनदानीमा लुकाएर राखिएको 154 ग्राम संदिग्ध हेरोइन जफत गरियो।

मामिलाको अग्रिम जाँच अन्तर्गत गए 1 मईको दिन नोङ्गमेइबुङ्ग नङ्बाम चुथेकस्थित थौनाओजाम दिलीप कुमारको आवासमा खोजी अभियान सञ्चालन गरियो जहाँबाट आठ वटा अतिरिक्त साबुनदानीमा भरिएको संदिग्ध हेरोइन जफत गरियो। पुलिसले बतायो, मामिलाको जाँच भइरहेको छ साथै यस तस्करीको नेटवर्कसित जोड़िएका अन्य मानिसहरूलाई खोजिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali