Dailyhunt

मार्घेरिटामा पुलिसको ड्रग्स विरोधी अभियान सञ्चालित

तिनसुकिया (असम), 01 मई (हि.स.)। तिनसुकिया जिल्लाको मार्घेरिटा क्षेत्रमा पुलिसले ड्रग्सको विरोधमा व्यापक अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा कुख्यात ड्रग्स माफिया चन्दन दास उपनाम नललाई पक्राउ गरिएको छ।

यो कारबाही पछिल्लो लामो समयदेखिकै क्षेत्रमा भइरहेको नशालु पदार्थहरूको कारबारमाथि लगाम कस्ने उद्देश्यले गरिएको हो।

पुलिसले आज बतायो, आरोपीको कब्जाबाट ड्रग्स सहित 7 लाख रुपियाँभन्दा अधिक नगद पनि जफत गरिएको छ। यस अतिरिक्त तीन वटा मोबाइल फोन, एउटा सुनको चेन र ड्रग्सको व्यवसायसित सम्बन्धित अन्य आपत्तिजनक वस्तुहरू पनि जफत गरिएको छ।

यस मामिलामा पुलिसले चन्दन दासकी आमा पुतुली दासलाई समेत हिरासतमा लिएको छ जसमाथि ड्रग्सको अवैध व्यापारमा संलिप्त रहेको आरोप लगाइएको छ। पुलिस सूत्रानुसार आरोपीले पछिल्लो लामो समयदेखिकै मार्घेरिटा क्षेत्रमा ड्रग्सको अवैध धन्दा गर्दै आइरहेको थियो। मामिलाको जाँच भइरहेको छ साथै यस नेटवर्कसित जोड़िएका अन्य मानिसहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali