Dailyhunt

मतगणना केन्द्रहरूमा गड़बड़ीलाई रोक्नको लागि भाजपाको विशेष प्रशिक्षण शिविर

सिलगढ़ी, 01 मई (हि.स.)। मतगणना केन्द्रहरूमा कुनै पनि प्रकारको गड़बड़ी हुन नदिनको लागि भारतीय जनता पार्टी (भाजपा) को सिलगढ़ी सङ्गठनले केन्द्रिय नेतृत्वको उपस्थितिमा एक विशेष प्रशिक्षण कार्यशाला आयोजना गऱ्यो।

यस कार्यक्रममा सिलगढ़ी डिभीजनका 28 जना उम्मेद्वारहरूको उपस्थितिमा मतगणना कर्मीहरूलाई विस्तृत प्रशिक्षण दिइयो।

भाजपा नेताहरूको दाबी छ, उत्तर बङ्गालमा मोठ 54 वटा सीट छ भने वर्तमान मतदान आँकड़ाको आधारमा तृणमूल कङ्ग्रेस दुई अङ्कसम्म पनि पुग्न सक्दैन। पार्टीका प्रदेश उपाध्यक्ष औ फालाकाटाका उम्मेद्वार दीपक बर्मनले स्ट्र्ङ्ग रूममा गड़बड़ी हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

दीपक बर्मनले भने, कार्यकर्ताहरूलाई मतगणना केन्द्रमा उनीहरूको जिम्मेवारीहरूको बारेमा विस्तार पूर्वक बुझाइएको छ। उनले यो पनि भने, कुनै पनि प्रकारको गड़बड़ीलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा उनीहरूलाई सिकाइएको छ। उनले दाबी गरे, आगामी 4 मईपछि राज्यमा भाजपाले भारी बहुमतले सरकार बनाउनेछ।

कार्यशालामा निशीथ प्रामाणिक, शङ्कर घोष, रथीन बोस, आनन्दमय बर्मन, केन्द्रिय पर्यवेक्षक सुनील बन्सल, भूपेन्द्र यादव औ मङ्गल पाण्डेय सहित केही वरिष्ठ नेताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali