Dailyhunt

मतगणना शुरू हुन अगावै खड़गपुर आइपुगे दिलीप घोष, समर्थकहरूमा उत्साह

ड़गपुर, 04 मई (हि.स.)। पश्चिम बङ्गालमा मतगणनाको दिन भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता दिलीप घोष सोमवार बिहान खड़गपुर एसडीओ कार्यालयस्थित मतगणना केन्द्र तर्फ प्रस्थान भए।

मतगणना शुरू हुन अगावै उनलाई आफ्ना समर्थकहरू तथा पार्टी कार्यकर्ताहरूको साथमा मतगणना केन्द्र तर्फ जाँदै गरेको देखियो।

मतगणना केन्द्रको वरिपरी बिहानदेखिकै सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। पुलिस तथा केन्द्रिय बलहरूको तैनाथीबीच विभिन्न राजनीतिक दलहरूका उम्मेद्वारहरू तथा उनीहरूका एजेन्टहरू केन्द्रमा आइरहेका छन्। प्रशासनको पक्षबाट क्षेत्रको निगरानी बढ़ाइएको छ ताकि मतगणना प्रक्रिया शान्तिपूर्ण ढङ्गमा सम्पन्न हुन सकोस्।

यसबीच भाजपा नेता दिलीप घोषले मतगणनाप्रति विश्वास व्यक्त गर्दै भने, पार्टीलाई खड़गपुरमा भरमग्जुर समर्थन प्राप्त भएको छ र यसपालि पनि परिणाम सकारात्मक रहने आशा छ।

उल्लेखनीय छ, वर्ष 2021- को विधानसभा चुनाउमा पनि खड़गपुर सीटमा भाजपाले जीत हासिल गरेको थियो। त्यसताक पार्टीले हिरणम च्याटर्जीलाई उम्मेद्वार बनाएको थियो। तथापि त्यस चुनाउमा जीतको अन्तर न्यून थियो जसकारण यो सीटलाई राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ।

यस्तो स्थितिमा यसपालि राजनीतिक दल तथा समर्थकहरूको नजर खड़गपुरको परिणाममाथि अड़िएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali