Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

मायापुरको इस्कन मन्दिरमा पुगे मुख्यन्त्री शुभेन्दु अधिकारी, गोमाताको सेवा र यज्ञमा सामेल भए

कोलकाता, 28 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी बिहीवार फेरि नदिया जिल्ला दौड़ाह गर्न पुगे। गत मङ्गलवार कल्याणईमा प्रशासनिक बैठक गरेपछि अब उनले मायापुरस्थित इस्कन मन्दिरको दौड़ाह गरे।

मुख्यमन्त्री बनेपछि मायापुर इस्कनको यो पहिलो भ्रमण हो।

इस्कन प्रबन्धनको निमन्त्रणमा बिहीवार बिहान शुभेन्दु अधिकारी हावड़ाको डुमुरजलादेखि हेलिकप्टरको माध्यमबाट मायापुरमा पुगे। बिहान लगभग 11 बजे उनको हेलिकप्टर मायापुर हेलिप्याडमा अवतरण भय। त्यहाँ साधु-सन्तहरूले उनलाई स्वागत गरे। त्यसपछि मुख्यमन्त्री सोझै इस्कनको गोशालामा पुगे जहाँ उनले गोमाताको विशेष पूजामा भाग लिए।

मुख्यमन्त्रीले गोशालामा गोसेवा कार्यक्रममा भाग लिएर गोतामालाई चारो पनि खुवाए। त्यसपछि उनको कार्यक्रम मायापुरको मुख्य चन्द्रोदय मन्दिरमा विशेष पूजा-पाठ तथा यज्ञमा सामेल हुने रह्यो। साथै उनले साधु-सन्तहरूसित बैठक पनि गरे।

मुख्यमन्त्रीको इस्कन भ्रमणलाई लिएर बिहीवार बिहानदेखिकै मायापुर मन्दिर परिसरमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको थियो। मुख्यमन्त्री यहाँ पुग्न अगावै सम्पूर्ण क्षेत्रमा उत्सव जस्तै माहोल भएको थियोष कीर्तन र भक्ति सङ्गीतबीच उनलाई स्वागत गरियो।

राजनीतिक गल्लीहरूमा मुख्यमन्त्रीको यस दौड़ाहलाई महत्वपूर्ण मानिँदैछ। भनिन्छ, आध्यात्मिक कार्यक्रमसँगसँगै यसको राजनीतिक सन्देश पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali