Dailyhunt

मुख्यमन्त्री रेखा गुप्ताले विवेक विहारका पीड़ित परिवारहरूसित भेट गरे

याँ दिल्ली, 05 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मङ्गलवार विवेक विहारमा भएको अग्निकाण्डका पीड़ित परिवारहरूसित भेट गरिन्। उनले ईश्वरसित प्रार्थना गरिन्, परिवारजनलाई दुःख सहन गर्ने शक्ति प्रदान गरुन्।

मुख्यमन्त्री रेखा गुप्ताले भेटपछि भनिन्, दिल्लीको विवेक विहारमा भएको घटना हृदय विदारक तथा दुःखदायी छ। दुःखको यस घड़ीमा सरकार पूर्ण संवेदनशीलता तथा दृढ़ताको साथमा पीड़ित परिवारको साथमा छ र उनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउनको लागि प्रतिबद्ध छ।

मुख्यमन्त्रीले भनिन्, यस दुर्भाग्यपूर्ण घटनालाई एक गम्भीर चेताउनीको रूपमा लिँदै सबै सम्बन्धित विभागहरूलाई निर्देश दिइएको छ, भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् तथा फायर सेफ्टीको उच्च मानदण्डलाई कड़ाईपूर्वक पालन सुनिश्चित गरियोस्।

उनले भनिन्, फायर सेफ्टी मानदण्डमा कुनै पनि प्रकारको लापरवाही वा सम्झौतालाई कुनै पनि स्थितिमा सहन गरिनेछैन।

उल्लेखनीय छ, यस अग्निकाण्डमा नौ जना मानिसहरूको ज्यान गएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali