नयाँ दिल्ली, 05 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भलस्वा डेयरीस्थित मुकुन्दपुर क्षेत्रस्थित एउटा खुल्ला नालीमा झरेर अबोध बालिकाको पीड़ादायी मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गरिन्।
मुख्यमन्त्री कार्यालयले मङ्गलवार एक विज्ञप्ति जारी गरी उक्त घटनालाई अत्यन्त दुःखदायी र चिन्ताजनक बताएको छ साथै भनेको छ, यस्तो लापरवहीलाई कुनै पनि स्थितिमा स्वीकार गरिनेछैन। मुख्यमन्त्रीको निर्देशमा तत्काल कारबाही गर्दै सिचाई तथा बाढ़ी नियन्त्रण विभाग (आईएंडएफसी)-ले अनुबन्धमा राखिएको जुनियर इञ्जीनियरलाई तत्काल नोकरीदेखि निष्कासन गरिदिएको छ।
मुख्यमन्त्रीले सबै सम्बन्धित विभागहरूलाई कड़ा चेताउनी दिँदै निर्देश दिइन्, उनीहरूले आ-आफ्नो क्षेत्रमा खुल्ला नाला तथा ज्यानमाललाई क्षति पुऱ्याउने किसिमको स्थलहरूलाई चिन्हित गरी तुरून्त व्यवस्थित बनाउन्। उनले भनिन्, कुनै पनि प्रकारको लापरवाहीमाथि सोझै जवाफदायी तय हुनेछ र दोषीहरूलाई कड़ा कारबाही गरिनेछ।
मुख्यमन्त्रीले शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै भनिन्, सरकार यस कठिन समयमा उनीहरूको साथमा छ। यस्ता घटनाहरूको पुनरावृत्तिलाई रोक्नु नै यस बालिकाप्रति साँचो श्रद्धाञ्जली हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
