नगाउँ (असम), 31 मई, (हि.स.)। नगाउँ जिल्लाको जाजरी क्षेत्रमा आइतवार एकजना युवकलाई संदिग्ध परिस्थितिमा मृत्त पाइयो। मृतक युवकको पहिचान रिङ्कु दासको रूपमा भएको छ। घटनापथि क्षेत्रमा शोकसँगसँगै आक्रोशपूर्ण माहोल पनि देखियो।
जानकारी अनुसार रिङ्कु दास गए शनिवार आफ्नी प्रेमिकाको घरमा गएका थिए। परिवारको आरोप छ, त्यहाँबाट उ जीवित फर्केन, पछि उसको शवलाई घरसम्म पुऱ्याइयो जसबाट धेरै वटा प्रश्नहरू उठेका छन्।
मृतकको परिवारले गम्भीर आरोप लगाउँदै भनेको छ, प्रेमिकाको परिवारले सुनियोजित ढङ्गमा रिङ्कु दासको हत्या गरेको हो। उनीहरूले मामिलाको निष्पक्ष जाँच गरी दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्।
सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। पुलिस अधिकारीहरू अनुसार युवकको मृत्युको कारण पत्तो लगाउनको लागि सबै पाटो र पक्षको जाँच गरिँदैछ जसमा पोस्टमर्टम रिपोर्ट र प्रमाणलाई पनि सामेल गरिनेछ।
हाल पुलिसको भनाइ छ, जाँच पूरा भएपछि नै वास्तविक स्थिति स्पष्ट हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
