Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

नोकरी दिलाउने नाममा ठगी, तृणमूल पञ्चायत सदस्य पक्राउ

पूर्व मेदिनीपुर, 01 जून (हि.स.)। नोकरी दिलाउने नाममा लाखौं रुपियाँ ठगेको आरोपमा पूर्व मेदिनीपुर जिल्लाको तमलुकस्थित उत्तर सोनामुई ग्राम पञ्चायतकी वर्तमान सदस्य तथा पूर्व प्रधान काजल बेरालाई पुलिसले पक्राउ गरेको छ।

तमलुक थाना पुलिसले अदालतद्वारा जारी पक्राउ वारन्टको आधारमा बितेको आइतवार राती दुवैको घरमा छापा मारेर पक्राउ गरेको हो।

पुलिस सूत्र अनुसार काजल बेरामाथि बेरोजगार युवक-युवतीहरूलाई नोकरी दिलाउने प्रलोभन देखाएर ठूलो धनराशि लिएको, तर नोकरी भने नदिलाएको आरोप लागेको छ। यस मामिलामा पहिलाबाटै थानामा सिकायत दर्ता थियो तथा मामिलामा अदालतमा विचाराधिन थियो। अदालतमा लगातार अनुपस्थित रहेको कारणले उनीविरूद्ध पक्राउ वारन्ट जारी गरिएको थियो।

जाँचमा यो पनि खुलासा भएको छ, काजल बेराविरूद्ध चेक बाउन्ससित सम्बन्धित अन्य वित्तीय मामिलामा पनि सिकायत दर्ता भएको छ।आरोप छ, उनले सरकारी तथा निजी संस्थानहरूमा नोकरी दिलाउने भरोसा देखाएर धेरैजना मानिसहरूबाट पैसा लिइन्, तर नोकरी भने कसैलाई दिलाइनन्। पछि पैसा फर्काइदिने माग गर्दा नानाथरीको कुरा गरेर टारिदिइन् भने कतिपय मामिलाहरूमा दिएको चेक पनि बाउन्स भयो।

ग्राम पञ्चायतकी वर्तमान सदस्य औ पूर्व प्रधानको पक्राउले उत्तर सोनामुई क्षेत्रमा व्यापक खैलाबैला मचिएको छ। तथापि तृणमूल कङ्ग्रेसको स्थानीय तथा जिल्ला एकाईले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरेको छैन।

पुलिसले बतायो, काजल बेरालाई सोमवार तमलुक महकुमा अदालतमा पेश गरिनेछ। मामिलामा अन्यको संलिप्तताको पनि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali