Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई

न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई

गान्तोक, 02 जून (हि.स.)। सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई पटना हाई कोर्टकी मुख्य न्यायाधीश नियुक्त भएकी छन्। भारत सरकारको विधि एवं न्याय मन्त्रालय अन्तर्गत नियुक्ति प्रभागले आज एउटा अधिसूचना जारी गरेको छ, जसमा न्यायमूर्ति राईले आगामी 5 मून, 2026 देखि पटना हाई कोर्टको मुख्य न्यायाधीशको पद्भार ग्रहण गर्ने कुरा उल्लेख छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले न्यायमूर्ति राईको नियुक्ति सम्बन्धि अधिसूचना आज आफ्नो सामाजिक सञ्जाल फेसबुक पोस्टमा साझा गरेका छन्। उनले सरकार र सिक्किमका जनताको तर्फबाट न्यायमूर्ति मीनाक्षी मदन राईलाई पटना हाई कोर्टको मुख्य न्यायाधीशको रूपमा नियुक्तिका लागि हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले न्यायमूर्ति राईको सक्षम नेतृत्वमा संस्थानले न्याय, निष्पक्षता र संवैधानिक मूल्यमान्यताको उच्चतम आदर्शलाई कायम राख्ने विश्वास व्यक्त गर्दै यो सम्मानित जिम्मेवारीमा सफल, सन्तोषजनक र अनुकरणीय कार्यकालको कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali