Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
पाकिम र रम्फूका निर्वाचित पार्षदहरूको शपथ ग्रहण सम्पन्न

पाकिम र रम्फूका निर्वाचित पार्षदहरूको शपथ ग्रहण सम्पन्न

पाकिम, 02 मई (हि.स.)। पाकिम र रम्फू नगर पञ्चायतका निर्वाचित पार्षदहरूको शपथ ग्रहण समारोह आज पाकिमस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा सम्पन्न भयो। यस अवसरमा खेलकुद एवं शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथि तथा विधायक एलबी दास, जिल्ला उपाध्यक्ष प्रभा प्रधान, जिल्लापाल रोहन अगवाने तथा अन्य ​विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

पाकिम र रम्फू नगर पञ्चायतका सबै निर्वाचित पार्षदहरूलाई जिल्लापाल एवं नगरपालिका चुनाउ अधिकृत रोहन अगवानले शपथ ग्रहण गराए। यस अघि दुवै नगर पञ्चायतहरूका सभापति र उपसभापितका लागि चुनाउ गरिएको थियो, जसमा सर्वसम्मतिद्वारा इन्चुङ भोटियालाई पाकिमको नगर सभापति र भीममाया छेत्रीलाई उपसभापति निर्वाचित गरियो। यसरी नै सन्जीव कुमार खातीलाई रम्फू नगरका सभापति र सन्जु मंगरलाई उपसभापति निर्वाचित गरियो।

पाकिम नगर पञ्चायतमा अन्य निर्वाचित पार्षदहरूमा रोजी गुरुङ, राकेश बस्नेत र सन्चमाया तामाङ सामेल छन्। यसैगरी, रम्फू नगर पञ्चायतमा अन्य निर्वाचित पार्षदहरूमा राधा प्रधान, पिङ्कु कुमार प्रसाद र लारिस्मा तामाङ सामेल छन्।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali