Dailyhunt

परिणाम आउन अगावै सिलगढ़ीमा भाजपाको उत्सव, अबीर खेलेर व्यक्त गरे जित्ने भरोसा

सिलगढ़ी, 30 अप्रेल (हि.स.)। चुनाउ परिणाम घोषणा हुन अगावै सिलगढ़ीमा भाजपा कार्यकर्ताहरूको एक वर्गले जित्ने भरोसा व्यक्त गर्दै उत्साह मनाउन शुरू गरे। बिहीवार फूलबाड़ीको बटालियन मोड़ क्षेत्रमा समर्थकहरूले गेरूवा रङ्गको अबीर खेलेर एका-अर्कालाई रङ्ग दलेर खुशी मनाउँदै गरेको देखियो।

भाजपा कार्यकर्ताले दावी गरेका छन्, यसपालि पश्चिम बङ्गाल विधानसभा चुनाउ-2026 मा रेकर्ड मतदान भएको छ जसले गर्दा उनीहरूको जीत हुने सम्भावना प्रबल छ। उनीहरूको भनाइ छ, पार्टीले राज्यमा पूर्ण बहुमतको सरकार बनाउन गइरहेको छ। तथापि परिणाम घोषणा हुन अगावै यस किसिमको उत्सव मनाएकोमा चर्चा चुलिएको छ।

स्थानीय मानिसहरूको एक वर्गले यसलाई कार्यकर्ताहरूको आत्मविस्वासको रूपमा हेरिरहेका छन् भने कतिपय मानिसहरूले यसलाई समय अगाड़िको उत्सुकता मानिरहेका छन्। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ ताकि कुनै पनि समय कुनै पनि प्रकारको अशान्ति नफैलियोस्। यसको लागि आवश्यक कदम उठाइएको छ।

राजनीतिक जानकारहरूको मान्यता छ, यो उत्सव आगामी परिणामलाई लिएर बढ़्दो उत्तसाहको सङ्केत हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali