Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

पारिवारिक विवादमा भेनाले दुई सालीलाई गोली हान्यो, एकको मृत्यु, दोस्रो गम्भीर

रायपुर, 06 मई (हि.स.)। छत्तीसगढ़को राजधानी रायपुरको पन्डरी थाना क्षेत्रमा मंगलवार अबेर राति एउटा स्तब्ध पार्ने घटना घट्यो। पारिवारिक विवादका कारण एक व्यक्तिले आफ्नी दुई सालीहरूमाथि गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्की गम्भीर अवस्थामा छिन्।

पन्डरी पुलिसबाट प्राप्त जानकारी अनुसार, अभियुक्त जितेन्द्र वर्मा पेशाले बाउन्सर हुन्। घरमा पारिवारिक विवादका कारण उनकी पत्नी दुई दिदीबहिनीसँग छुट्टै बस्दै आएकी थिइन्। मंगलवार अबेर राति जितेन्द्र आफ्ना छोराछोरीलाई भेट्न आएका थिए तर दुई दिदीबहिनीले उनलाई रोके। रिसाएर जितेन्द्र वर्माले आफ्नो पेस्तोलले दुर्गेश्वरी र गीताञ्जलीलाई गोली हाने, जसबाट एक जनाको मृत्यु भयो र अर्कीलाई गम्भीर अवस्थामा अस्पताल भर्ती गरियो।

घटनापछि अभियुक्त जितेन्द्र वर्माले बन्डरी थानामा आत्मसमर्पण गरे, आफ्नो अपराध स्वीकार गर्दै आफ्नो लाइसेन्स प्राप्त पेस्तोलले दुई सालीलाई गोली हानेको स्वीकार गरे। हाल पुलिसले यस विषयमा अनुसन्धान अगाड़ी बढ़ाउँदै कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali