Dailyhunt

पश्चिम बङ्गाल चुनाउको फलाफल आउनअघि भाजपा कार्यकर्ताहरूले काशीमा गरिरहेका छन् पूजापाठ- हवन

वाराणसी, 03 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको परिणाम सार्वजनिक हुनअघि आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा भारतीय जनता पार्टी (भाजपा)- को जीतको कामना गर्दै विशेष पूजा-अर्चना तथा हवन-पूजन शुरू गरिएको छ।

एग्जिट पोलको परिणाम आफ्नो पक्षमा देखेर भाजपा कार्यकर्ताहरू पहिलाबाटै उत्साहित भएका छन्।

कार्यकर्ताहरूले पार्टीको जीतको लागि काशीको कचहरी सर्किट हाउस सामु शिव मन्दिर परिसरमा हवन पूजन गरे। भारतीय जनता युवा मोर्चा काशी क्षेत्रका क्षेत्रीय उपाध्यक्ष इन्द्रभूषण सिंह कुशवाहाको अगुवाईमा हवन पूजन गरिएपछि कार्यकर्ताहरूले भने, दिदी (ममता ब्यानर्जी)-को विदाईपछि बङ्गालमा उन्नति हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali