Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

पश्चिम बङ्गालमा भाजपा सत्तामा आउनेछ : राहुल सिन्हा

कोलकाता, 04 मई (हि.स.)। पश्चिम बङ्गालमा दुई चरणमा विधानसभा चुनाउ पूरा भएपछि सोमवार जारी मतगणनाबीच भारतीय जनता पार्टी (भाजपा)- का पूर्व प्रदेश अध्यक्ष एवं राज्यसभा सांसद राहुल सिन्हाले दाबी गरे, राज्यमा भाजपा सत्तामा आइरहेको छ।

सम्वाददाताहरूसित बातचित गर्दै सांसद राहुल सिन्हाले भने, हामी अहिलेको लागि परिणामको प्रतिक्षा गर्नेछौं, हामी यो पनि हेर्नेछौं कि हाम्रा कार्यकर्ताहरू गन्ती केन्द्रहरूबाट सुरक्षित रूपमा फर्केर आउन्। तथापि निश्चित रहनुहोस्, भाजपा सत्तामा आइरहेको छ।

राहुल सिन्हाले भने, हामी जुन पार्टीको विरोधमा लड़िरहेका छौं, त्यो असामाजिक तत्वहरूको पार्टी हो, त्यसैेले हामी आफ्ना कार्यकर्ताहरूको सुरक्षामाथि नजर राख्नेछौं जो मतगणना अवधिभरि त्यहाँ बस्नेछन्। बिहान 11 बजेसम्ममा परिणाम स्पष्ट हुनेछ। टीएमसी गइरहेको छ भने भाजपाले यहाँ नयाँ सरकार बनाइरहेको छ। अपरान्ह 12 बजेसम्ममा तृणमूलको गन्ती एजेन्ट बूथहरूबाट भाग्न शुरू गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali