कोलकाता, 06 मई (हि.स.)। पश्चिम बङ्गालमा विधानसभा चुनाउको फलाफलपछि केही ठाउँहरूमा हिंसा तथा तनाउ भएको समाचारहरू प्रकाशमा आइरहेका छन्। बुधवार मीडियासित कुराकानी गर्दै राज्यका पुलिस महानिदेशक सिद्धनाथ गुप्ताले भने, सबैभन्दा अधिक घटना आसनसोल, कुचबिहार तथा बारुईपुर क्षेत्रमा भएको छ।
तथापि बुधवार बिहानदेखि कुनै पनि प्रकारको नयाँ घटना घटेको थाहा लागेको छैन।
डीजीपीले बताए, नानून र न्यू टाउन क्षेत्रमा दुई जना मानिसहरूको मृत्यु भएको सूचना प्राप्त भएकोछ। चुनाउपछि भएको हिंसाका मामिलाहरूमा अहिलेसम्ममा दुई सयभन्दा अधिक एफआईआर दर्ता गरिएको छ। यी मामिलाहरूमा 433 जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ। अर्कोतिर सतर्कतास्वरूप कारबाही गर्दै एघार सय मानिसहरूलाई पनि हिरासतमा लिइएको छ।
सिद्धनाथ गुप्ताले भने, पुलिसको कड़ाई तथा लगातार कारबाहीको कारणले स्थिति केही हदसम्म नियन्त्रणमै छ। बुधार बिहानदेखि कुनै पनि अप्रिय घटना घटेको प्रकाशमा आएको छैन।
उनले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कङ्ग्रेसका नेता अभिषेक ब्यानर्जीको सुरक्षालाई लिएर पनि स्थिति स्पष्ट पारे। डीजीपीले भने, दुवैलाई पहिला जस्तै जेड प्लस सुरक्षा प्राप्त भइरहेको छ र कुनै पनि प्रकारको सुरक्षा फिर्ता लिइएको छैन।
उनले अझ बताए, 'येलो बुक' -को नियम अनुसार जेड प्लस श्रेणीका सुरक्षाकर्मीहरूलाई तैनाथ गरिन्छ। अतिरिक्त बललाई हटाएर उनीहरूलाई कानून व्यवस्था कायम राख्ने काममा खटाइन्छ। त्यसैले सुरक्षामा कटौती गरिएको कुरा सही होइन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
