Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
पीआईबी गान्तोकद्वारा अन्तर-मिडिया प्रचार समन्वयन समितिको बैठक आयोजित

पीआईबी गान्तोकद्वारा अन्तर-मिडिया प्रचार समन्वयन समितिको बैठक आयोजित

गान्तोक, 02 जून (हि.स.)। पत्र सूचना कार्यालयद्वारा सिक्किममा केन्द्र सरकारका पहलहरूको प्रभावी प्रचार सुनिश्चित गर्ने प्रयास स्वरूप आज दूरदर्शन केन्द्र (डीडीके), गान्तोकमा अन्तर-मिडिया प्रचार समन्वयन समितिको (आइएमपीसीसी) बैठक आयोजित गरियो।

उक्त जानकारी आज पीआईबीले दिएको छ।

बैठकमा सिक्किममा आधारित विभिन्न केन्द्र सरकारको मिडिया एकाइका प्रतिनिधिले भाग लिए। यसमा सूचना एवं प्रसारण मन्त्रालयको स्थानीय मिडिया एकाइ, सीमा सडक सङ्गठन (बीआरओ), एनएचआइडीसीएल, आइसीएआर-एनईएच क्षेत्रीय केन्द्र, सिक्किम, दिव्याङ्गजनको कौशल विकास एवं पुनर्वासका लागि मिश्रित क्षेत्रीय केन्द्र, राष्ट्रिय सूचनाविज्ञान केन्द्र (एनआइसी), केन्द्रिय जल आयोग (सीडब्लुसी), मसला बोर्ड, केन्द्रिय एकिकृत कीट प्रबन्धन केन्द्र (सीआइपीएमसी) एमएसएमई विकास एवं सुगमीकरण कार्यालय, डाक विभाग, सशस्त्र सीमा बल (एसएसबी), भारतीय अलैंची अनुसन्धान संस्थान-आरआरएस, क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान (आरएआरआइ), कृषि अभियान्त्रिकी एवं फसल कटाइपछिको प्रविधि कलेज (सीएईपीएचटी), गान्तोक सामेल रहेका थिए।

चर्चा मुख्य गरी भारत सरकारको ध्वजवाहक योजनाहरूको प्रचारका लागि समन्वयनको सुदृढिकरण, सिक्किममा आगामी कार्यक्रमहरूको कभरेज, विकासीय पहलहरूको प्रभावी प्रचार तथा दुष्प्रचारको रोकथाम गर्न रणनीतिहरूमाथि केन्द्रित रहेको थियो।

पीआईबी तथा आकाशवाणी, गान्तोकको समाचार एकाइका सहायक निर्देशक मानसप्रतीम शर्माले विशेष गरी सुदूर अनि सीमावर्ती इलाकाहरूमा कल्याण योजनाहरूको व्यापक लोकसम्पर्क सुनिश्चित सरकारी मिडिया एकाइ तथा अन्य विभागबीच बढी तालमेलको आवश्यकतामाथि जोड दिए। समयमा सामग्री साझा गर्नका साथै लोकसम्पर्क गतिविधिहरूमा सहकार्य तथा बढी प्रभावका लागि सामाजिक सञ्जाल मञ्चको उपयोग गर्न उनले अपील गरे।

यसका साथै तथ्यको जाँच अनि दुष्प्रचारको विरोध जनाउनुको महत्त्व पनि शर्माले रेखाङ्कित गरे। भारत सरकारबारे कुनै प्रकारको भ्रामक वा कीर्ते जानकारीको प्रमाणिकरणका साथै आवश्यक कार्वाहीको निम्ति पीआइबी तथ्य जाँच एकाइमा अग्रेसित गर्नका लागि पीआइबी गान्तोकको कार्यालयलाई तुरुन्तै सूचित गर्न उनले विभाग अनि कार्यालयहरूलाई आग्रह गरे।

सदस्यहरूलाई स्वागत जनाउँदै डीडीके गान्तोकका सहायक निर्देशक जिक्मित लेप्चाले क्षेत्रीय कार्यक्रम, विशेष प्रसारण तथा समुदायसँगको संलग्नताको माध्यमद्वारा सरकारी पहलहरू प्रसारित गर्न दूरदर्शनले महत् भूमिका खेल्नसक्ने प्रकाश पारिन्। सहभागी कार्यालयका प्रतिनिधिहरूले यस अवसरमा चलिरहेका साथै आगामी कार्यक्रमहरूबारे अवगत गराउँदै प्रचारको प्रयासलाई सुदृढ बनाउने रणनीति प्रस्तावित गरे।

प्रतिनिधिहरूले बैठक आयोजित गरेवापत् पीआईबी गान्तोकप्रति आभार व्यक्त गर्दै समन्वित लोकसम्पर्कका साथै सिक्किममा समयबद्ध सूचनाको प्रसारमा आइएमपीसीसी मञ्च महत्त्वपूर्ण रहेको उल्लेख गरे।

अन्तर-मिडिया समन्वयन बढाउनका साथै प्रभावी लोक सञ्चारको निम्ति नियमित रूपमा आइएमपीसीसीको बैठक आयोजित गर्ने सहमतिका साथ बैठकको समापन भयो।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali