-मुख्यमन्त्री योगीले चुनाउ परिणामको बधाई कार्यकर्ताहरूलाई दिए
लखनऊ, 04 मई (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्नाथले पाँच वटा राज्को चुनाउ परिणामलाई देशका जनताको प्रधानमन्त्री नरेन्द्र मोदीप्रति बढ़्दो अटुट विश्वासको परिणाम बताएका छन्।
उनले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी ऐतिहासिक जीतलाई पार्टी पदाधिकारी, कर्मठ कार्यकर्ताहरूको परिश्रमको प्रतिफल बताउँदै बधाई दिएका छन्।
मुख्यमनत्री योगीले आफ्नो पोस्टमा लेखे, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व एवं लोक-कल्याणकारी नीतिहरूमाथि देशवासीहरूलाई अटुट विश्वास छ जुन आज विधानसभा चुनाउको ऐतिहासिक परिणामको रूपमा पुनर्लक्षित भएको छ।
पश्चिम बङ्गालमा पहिलो पटक असममा लगातार तेस्रो पटक तथा पुडुचेरीमा दोस्रो पटक भारतीय जनता पार्टी (भाजपा-एनडीए) गठबन्धनको सरकार बन्नु यसै अगाध विश्वासको सुफल हो। जन-जनको यो अभूतपूर्व जनादेशले प्रधानमन्त्रीजीको 'नयाँ भारत-विकसित भारत' -को विराट सङ्कल्प सिद्धिलाई नयाँ गति प्रदान गर्नेछ। यस ऐतिहासिक विजयको लागि पश्चिम बङ्गाल, असम एवं पुडुचेरीका सबै समर्पित पदाधिकारीहरू, कर्मठ कार्यकर्ताहरू अनि विजयी प्रत्याशीहरूलाई हार्दिक बधाई दिए।
मुख्यमन्त्रीले भने, सुशासन र राष्ट्रवादलाई आफ्नो बहुमूल्य आशीर्वाद प्रदान गर्ने जनता-जनार्दनलाई हृदयबाट आभार एवं अभिनन्दन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
