Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

पुलिस अधिकारीले गरे आत्महत्या

गुवाहाटी, 5 अप्रेल (हि.स.)। गुवाहाटीको पानीखाइती क्षेत्र स्थित होमगार्ड ट्रेनिङ्ग सेन्टरमा एकजना पुलिस अधिकारीले आफ्नो सर्भिस रिवल्वरले आफैमाथि गोली दागेर आत्महत्या गरेको मामिला प्रकाशमा आएको छ।

पानीखाइती पुलिस चौकीका अधिकारीले मङ्गलवार बताए, पानीखाइती होमगार्ड ट्रेनिङ्ग सेन्टरमा आफ्नो सर्भिस रिवल्वरले एकजना पुलिस अधिकारीले आफैमाथि गोली दागे जसले गर्दा उनको मृत्यु भयो। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले ट्रेनिङ्ग सेन्टरको आवासीय कोठाभित्रबाट उत्तर बरुवा नामक पुलिस अधिकारीको शवलाई उद्धार गऱ्यो

पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाइदियो। पुलिस अधिकारीद्वारा पारिवारिक कलहको कारणले आत्महत्या गरिएको आशङ्का व्यक्त गरिँदैछ। यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali