Dailyhunt

रङ्गीन प्रकाशले राजीव भवनलाई सजाउने कङ्ग्रेसको सपना अधुरै रह्यो

गुवाहाटी, 04 मई (हि.स.)। असम प्रदेश कङ्ग्रेस मुख्यालय राजीव भवनलाई रङ्गीन प्रकाशले सजाउने कङ्ग्रेसको योजना अधुरै रह्यो, किनभने मतगणनामा पार्टीलाई अपेक्षित सफलता प्राप्त हुन सकेन।

सूत्र अनुसार चुनाउ परिणाम अनुकूल रहने आशमा पहिलाबाटै राजीव भवनलाई सजाउने तयारी गरिएको थियो। तर चुनाउ परिणाममा जति-जति कङ्ग्रेसको प्रदर्शन निराशाजनक हुँदै गयो उति-उति उत्साहका सबै तयारीहरूलाई रोकियो।

राजीव भवनलाई सजाउनका लागि रङ्गीन प्रकाशको पोको बोकेर आएका मानिसहरू खाली हात फर्किए जसबाट कङ्ग्रेस खेमामा छाएको निराशा स्पष्ट रूपमा झल्कियो। मतगणना अवधि पार्टी नेता तथा कार्यकर्ताहरूले पनि कुनै उत्सव मनाएनन्। माहोल शान्त रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali