Dailyhunt

सखावत मेमोरियल स्कूल स्ट्रङ्गरूममा ममताको उपस्थितिलाई लिएर शुभेन्दुको प्रश्न, भने- नियमदेखि बाहिर केही पनि गर्न पाइनन्

कोलकाता, 01 मई (हि.स.)। दक्षिण कोलकाताकोसखावत मेमोरियल स्कूलस्थित मतगणना केन्द्रकोस्ट्रङ्गरूममातृणमूल कङ्ग्रेस नेता ममता ब्यानर्जीको लगभग चार घण्टाको उपस्थितिलाई लिएर उनका भाजपाप्रतिद्वन्द्वीशुभेन्दु अधिकारीले प्रश्न उठाएका छन्।

तथापि उनले दाबी गरे, ममताले कुनै पनि "नियम-विरुद्ध काम"गर्न पाइनन्।

शुक्रवारसोशल मीडियामाशुभेन्दु अधिकारीले लेखे, भवानीपुर विधानसभा क्षेत्र सहित सम्पूर्ण राज्यका मतदाताहरूलाई आश्वस्त पार्न चाहन्छु कितृणमूल उम्मेद्वार औनिवर्तमान मुख्यमन्त्री ममता ब्यानर्जीलाई कुनै पनि प्रकारको अतिरिक्त लाभ लिनदेखि रोकियो।

उनले अझ भने, उनले जति नै चेष्टा गरे पनि नियमविरूद्ध कुनै पनि काम गर्न सकिनन्। उनी स्ट्र्ङ्गरूम परिसरमा उपस्थित रहुञ्जेलसम्मै मेरा चुनाउ एजेन्ट अधिवक्ता सूर्यनील दासले त्यहीँ बसेर उनीमाथि कड़ा नजर राखिरहेका थिए ताकि कुनै अनुचित तरिका अप्नाउन नसकुन्।

उल्लेखनीयछ, गए बिहीवार रातीममता ब्यानर्जी लगभग चार घण्टासम्मसखावत मेमोरियल स्कूलकोस्ट्रङ्गरूम परिसरमा बसिन्। त्यहाँबाट बाहिरिएपछि उनले पुलिसको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गर्दै भनिन्, यदि राज्य पुलिसले आफ्नो जिम्मेवारी निर्वाह गर्न सकिरहेको छैन भने यो उनीहरूको विफलता हो, किनभने अब पुलिस उनको नियन्त्रणमा छैन।

उनले आरोप लगाइन्,पोस्टल ब्यालेटलाई चलाउने काम भइरहेको छ। उनले स्ट्रङ्गरूम बाहिर पनि सीसीटीभी जड़ान गर्ने माग गरिन्। चेताउनी दिँदै मुख्यमन्त्री ब्यानर्जीले भनिन्, जनताले भोट दिएका छन्। यदि त्यसमा गड़बड़ी भयो वा भोट लुट्ने चेष्टा गरियो भने हामी ज्यानको बाजी लगाएर लड़्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali