नगाउँ (असम), 31 मई (हि.स.)। सामगुड़ीको काछखाइटी क्षेत्रस्थित मोडर्न आदर्श सीनियर सेकेण्डरी स्कूलमा गए शनिवार अबेर राती भीषण आगो लागेर ठूलो क्षति पुऱ्यायो। आगोले विद्यालयको मुख्य कार्यालयलाई आफ्नो चपेटमा लिएको कारणले महत्वपूर्ण दस्तावेज, शैक्षिक अभिलेख तथा लाखौं रुपियाँको सम्पत्ति जलेर नष्ट भयो।
स्थानीय सूत्र अनुसार अबेर राती स्कूल परिसरबाट धुँवासितै आगो बलिरहेको देखेर मानिसहरूले तत्कालैै आगोलाई निभाउने प्रयास गर्न थाले। यत्तिकैमा घटनाको सूचना पाएर अग्निशमन विभागको टीम घटनास्थला आइपुग्यो। लामो सङ्घर्षपछि आगोलाई नियन्त्रण गरियो। तथापि त्यसबेलासम्म कार्यालयमा राखिएका अधिकांश सामानहरू नष्ट भइसकेको थियो।
आगोको चपेटमा परेर विद्यालयको महत्वपूर्ण रेकर्ड, प्रशासनिक दस्तावेज, फर्नीचर औ अन्य आवश्यक सामग्री पूर्ण रूपले जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानमा यस घटनामा लाखौं रुपियाँको नोक्सान भएको छ।
हाल आगलागीको कारण थाहा लागेको छैन। सम्बन्धित विभाग र प्रशासनले मामिलाको जाँच कार्य शुरू गरेको छ। नोक्सानको विस्तृत मूल्याङ्कन गरिँदैछ।
घटनापछि विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय मानिसहरू चिन्तित भएका छन्। प्रशासनले आश्वासन दिएको छ, जाँच कार्य पूरा भएपछि आवश्यक कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
