Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

समाना नगर परिषद चुनाउ: ट्रान्सजेण्डर नेता कोमल महन्तले 505 भोटले जीत दर्ता गराइन्

Hindusthan Samachar 4 months ago

समाना, 30 मई (हि.स.)। शिरोमणि अकाली दलकी ट्रान्सजेण्डर नेता कोमल महन्तले समाना नगर परिषदको वार्ड नम्बर 18-बाट 505 भोटको ठूलो अन्तरले चुनाउमा जीत दर्ता गराएकी छन्। कोमल महन्तले यति ठूलो अन्तरले जीत दर्ता गरेर राजनीतिक जगतमा चर्चा बटुलेकी छन्।

सोशल मीडियामा आफ्नो मजबुत पहिचान राख्ने कोमल महन्तले डिजीटल लोकप्रियतालाई चुनावी सफलतामा परिणत गर्दै यो जीत हासिल गरिन्। उनको चुनाउ प्रचार सोशल मीडिया तथा धरातलीय स्तरमा मानिसहरूसित सोझै सम्पर्कको अनौठो मिश्रण रह्यो जसले युवा अनि स्थानीय मतदाताहरूलाई विशेष रूपमा आकर्षित गऱ्यो।

इन्स्टाग्राममा 64 हजारभन्दा अधिक फलोअर्स राख्ने कोमल महन्त र उनको टीमले सोशल मीडियाको माध्यमबाट युवाहरूको कल्याण, नशा विरोधी अभियान औ वार्डको विकाससित सम्बन्धित मुद्दाहरूलाई मुख्य रूपमा उठायो। तथापि समर्थकहरूको भनाइ छ, घर-घरमा पुगेर मानिसहरूसित बातचित गर्नु नै उनको जीतको सबैभन्दा ठूलो कारण हो।

चुनाउ परिणाम घोषणा हुनसाथ वार्ड नम्बर 18-मा उत्सव जस्तै माहोल भयो। समर्थकहरूले ढोल बजाएर जीतको उत्सव मनाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali