Dailyhunt

'समिति प्रणालीको समीक्षा गर्न पीठासीन अधिकारीहरूको समिति' बैठक सम्पन्न

गान्तोक, 06 मई (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले मंगलवार राजस्थान विधानसभामा आयोजित 'समिति प्रणालीको समीक्षा गर्न पीठासीन अधिकारीहरूको समिति' को बैठकमा भाग लिए।

मध्य प्रदेश विधानसभाका अध्यक्ष नरेन्द्रसिंह तोमरको अध्यक्षतामा बसेको उक्त बैठकमा राजस्थान, उत्तर प्रदेश, हिमाचल प्रदेश, ओडिशा र सिक्किमका विधानसभा अध्यक्षहरू सहभागी थिए।

बैठकमा समितिले 'समिति प्रणालीको समीक्षा गर्न पीठासीन अधिकारीहरूको समिति' को प्रतिवेदनलाई अर्को बैठकमा स्वीकृत भएपछि लोकसभा अध्यक्ष ओम बिरला समक्ष पेश गर्न विचार गर्ने निर्णय गर्‍यो। बैठक अघि प्रतिनिधिमण्डलले राजस्थान विधानसभाको भ्रमण गरेको थियो। राजस्थान विधानसभाले आयोजना गरेको दिवाभोजमा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा र उप मुख्यमन्त्री पनि उपस्थित थिए।

सिक्किमको प्रतिनिधिमण्डलमा विधानसभाका सचिव ललित कुमार गुरुङ, प्रधान निर्देशक कर्म छिरिङ ग्याछो भोटिया र विधानसभा अध्यक्षका पीएस आदर्श छेत्री पनि सामेल थिए।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali