जलपाईगुड़ी, 30 मई (हि.स.)। पश्चिम बङ्गालमा सर्भाइकल क्यान्सरलाई रोकथाम गर्नको लागि राज्यव्यापी विशेष खोप अभियान शुरू गरिएको छ। यसै क्रममा शनिवार जलपाईगुड़ी जिल्लाको राजगञ्ज ग्रामीण अस्पतालमा पनि यो अभियानको औपचारिक शुरूआत गरियो।
राजगञ्ज ग्रामीण अस्पतालमा आयोजित कार्यक्रममा स्थानीय भाजपा विधायक दिनेश सरकार, बीएमओएच डा. राहुल राय, चिकित्सक, स्वास्थ्यकर्मी औ आशा कार्यकर्ताहरू उपस्थित थिए।
बीएमओएच डा. राहुल रायले बताए, अभियानको पहिलो दिन नै लगभग 15 जना किशोरीहरूलाई एचपीभी (ह्यूमन प्यापिलोमा भाइरस) रोधी खोप लगाइयो। खोप लगाइसकेपछि सबै लाभार्थीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो। अस्पताल सूत्रानुसार यो खोप मुख्य रूपमा 14 वर्ष पुगेका किशोरीहरूलाई लगाइन्छ जसले भविष्यमा सर्भाइकल क्यान्सरको जोखिमलाई कम गर्नमा महत्वपूर्म भूमिका निभाउँछ।
स्वास्थ्य विभाग अनुसार यो विशेष खोप अभियान आगामी तीन महिनासम्म जारी रहनेछ जसबाट अधिकभन्दा अधिक कोशीरहरू यस गम्भीर रोगबाट बच्न सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
