Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

सावरकरको जयन्तीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली

कोलकाता, 28 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्वतन्त्रता सेनानी विनायक दामोदर सावरकरको जयन्तीमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले बिहीवार सोशल मीडिया प्लेटफर्ममा पोस्ट गरी सावरकरको योगदान तथा राष्ट्रभक्तिलाई स्मरण गरे।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा भने, स्वाधीनता सङ्ग्रामी वीर सावरकरको अतुलनीय बलिदान, अदम्य साहस औ मातृभूमिप्रतिको समर्पणले भारतको स्वतन्त्रता सङ्ग्रामलाई नयाँ प्रेरणा दियो। उनले भने, देशको स्वाधीनताको लागि सावरकरले गरेका सङ्घर्ष तथा त्यागले आज पनि लाखौं राष्ट्रवादीहरूलाई प्रेरित गर्छ।

उनले सावरकरलाई दूरदर्शी विचारक औ महान स्वतन्त्रता सेनानीको संज्ञा दिँदै भने, उनको जीवन देशभक्ति, साहस औ राष्ट्रसेवाको प्रतीक हो।

स्मरण गराइन्छ, विनायक दामोदर सावरकरलाई "स्वातन्त्र्यवीर सावरकर"- को नामले पनि चिनिन्छ। उनीभारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख क्रान्तिकारीहरूमा सामेल थिए। उनले ब्रिटिश शासनको विरोधमा धेरै वटा आन्दोलनहरूमा भाग लिए अनि आफ्नो विचार र लेखनको माध्यमबाट युवाहरूमा राष्ट्रभक्तिको भावना जगाउने काम गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali