Dailyhunt

शेयर मार्केटमा निवेशको नाममा करोड़ौंको ठगीः मुख्य आरोपी जयदीप दत्ता समातिए

छार (असम), 30 अप्रेल (हि.स.)। शेयर मार्केटमा निवेश गर्ने नाममा करोड़ों रुपियाँको ठगी गरेको आरोपमा सिलचरबाट एक जना बी-टेक डिग्रीधारी युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीको पहिचान जयदीप दत्ता (38)- को रूपमा भएको छ जो श्रीकोना प्रथम खण्डका निवासी हुन्।

जयदीपले अहिलेसम्ममा लगभग 15-20 करोड़ रुपियाँको वित्तीय घोटाला गरेको आरोप सामू आएको छ।

पुलिस अनुसार कम्प्यूटर साइन्समा बी-टेक डिग्रीधारी जयदीपले केही वर्षअघि श्रीकोनामा"आइकोनिक फाइनेन्स सल्यूशन" नामक एक निजी वित्तीय संस्था शुरू गरेका थिए। तिनले मानिसहरूलाई विश्वास दिलाउँथे, उनीहरूको पैसा शेयर बजारमा निवेश गरिनेछ अनि सट्टामा निवेशकहरूलाई प्रत्येक महिना 15 प्रतिशतको लाभ दिइनेछ।

शुरुमा केही निवेशकहरूलाई नियमित रूपमा लाभ प्राप्त भइरह्यो जुन खबर द्रूत गतिमा फैलियो। त्यसपछि कछार जिल्ला सहित अन्य क्षेत्रहरूका धेरै जना मानिसहरूले ठूलो-ठूलो रकम कम्पनीमा निवेश गरे। पछि आरोपीले लगभग 15-20 करोड़ रुपियाँ ठगेर परिवार सहित ठाउँ छोड़ेर भाग्यो। पुलिसले बिहिवार बतायो, लगभग डेढ़ वर्षदेखिको भागिरहेको आरोपालई गत मह्गलवार कटाखाल रेलवे स्टेशनमा ठगीका शिकार भएका निवेशकहरूले चिनेर समाते अनि पुलिसलाई सुम्पिदिए।

पुलिस सूत्रले आज बताएको छ, अहिलेसम्ममा 29 जना मानिसहरूले सिलचरको तारापुर पुलिस चौकीमा आरोपी विरूद्ध सिकायत दर्ता गराइसकेका छन्। यस बीच अतिरिक्त पुलिस अधीक्षक (अपराध) रजत पाल अनुसार यस गम्भीर ठगीकाण्डमा अन्य मानिसहरू पनि सामेल रहेको आशङ्का छ। हाल अदालतको निर्देशमा पुलिसले आरोपीलाई तीन दिनको रिमाण्डमा लिएर जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali