Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
शिलङमा आयोजित ३९औँ राष्ट्रिय खेलकुद २०२७ को समीक्षा बैठकमा सिक्किमको सहभागिता

शिलङमा आयोजित ३९औँ राष्ट्रिय खेलकुद २०२७ को समीक्षा बैठकमा सिक्किमको सहभागिता

Hindusthan Samachar 4 months ago

गान्तोक, 01 जून (हि.स.)। भारत सरकारका युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मान्डवियाको अध्यक्षतामा शनिबार शिलङमा ३९औँ राष्ट्रिय खेलकुद २०२७ को तयारीको समीक्षा बैठक सम्पन्न भयो। उक्त बैठकमा मुख्यमन्त्री कनराड साङ्गमा, केन्द्रिय खेलकुद एवं युवा मामिला राज्यमन्त्री रक्षा खडसे, इन्डियन ओलम्पिक एसोसिएसनकी अध्यक्ष पीटी उषा, युवा मामिला तथा खेलकुद मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा उत्तर-पूर्वी राज्यहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विभिन्न राज्यहरूले खेल आयोजना गर्ने सहभागिता बढ्दै गएको सन्दर्भमा केन्द्रिय मन्त्रीले राष्ट्रिय खेलकुदमा प्रतिभा पहिचान तथा खोजलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले भने, "राष्ट्रिय खेलकुदले डोपिङविरुद्ध जनचेतना फैलाउने मञ्चको रूपमा पनि काम गर्नुपर्छ। खेलाडीहरूलाई डोपिङका हानिकारक प्रभावबारे जानकारी गराइनुपर्छ। डा. मन्डावियाले मेघालयमा हुने राष्ट्रिय खेलकुदका क्रममा माई भारतका स्वयंसेवकहरूलाई पनि परिचालन गर्न सुझाउ दिए।

बैठकमा सहभागी सरोकारवालाहरूले राष्ट्रिय खेलकुद २०२७ का लागि पूर्वाधार विकास, खेलस्थलहरूको तयारी, समन्वय संयन्त्र तथा अन्य तयारीसम्बन्धी प्रगतिबारे समीक्षा गरे।

बैठकमा सिक्किमलाई प्रतिनिधित्व गर्दै खेलकुद तथा युवा मामिला विभागका निर्देशक डा. आरबी बिस्वकर्मा, सिक्किम ओलम्पिक संघका अध्यक्ष छेवाङ जाङ्पो भोटिया तथा महासचिव अर्जुन पुरस्कार विजेता जसलाल प्रधानले उक्त बैठकमा सहभागी थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali