Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

शोपियाँको जैनापोरा क्याम्पमा अचेत भएर ढलेका सीआरपीएफ अधिकारीको मृत्यु

शोपियाँ, 29 मई (हि.स.) शुक्रवार दक्षिण कश्मीरको शोपियाँ जिल्ला अन्तर्गत जैनापोरा क्षेत्र स्थित एउटा क्याम्पमा अचेत भएर ढलेका केन्द्रिय रिजर्व पुलिस फोर्स (सीआरपीएफ) -का एक जना सहायक सब-इन्स्पेक्टर (एएसआई)-को मृत्यु भयो।

एएसआई जैनापोराको बागवानी क्याम्पमा तैनाथ थिए जतिबेला तिनी अचानक क्याम्प परिसरभित्र अचेत भएर मुर्छित परेका थिए। उनलाई तुरून्तै अन्य साथी कर्मीहरूले सुरक्षित स्थानमा पुऱ्याए।

अधिकारीहरूले बताए, उनलाई उपचारको निम्ति जैनापाराको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी)-मा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। मृतक कठुआ जिल्लाको राजबाग क्षेत्रका निवासी थिए।

अधिकारीहरूले घटनाको संज्ञान लिँदै मृत्युको कारण पत्तो लगाउन अग्रिम कारबाही शुरू गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali