Dailyhunt

सिलगढ़ीमा 27 वर्ष पुरानो परम्परा, माँ गन्धेश्वरीको पूजा सम्पन्न, टाडा-टाड़ाबाट आए श्रद्धालुहरू

सिलगढ़ी, 01 मई (हि.स.)। सिलगढ़ीको हाकिमपाड़ास्थित बनिक परिवारको घरमा पछिल्लो 27 वर्षदेखि कायम परम्परालाई पालन गर्दै माँ गन्धेश्वरीको पूजा श्रद्धा एवं भक्ति भावको साथमा शुक्रवार सम्पन्न गरियो।

वैशाखी पूर्णिमाको पावन अवसरमा आयोजित यस पूजालाई लिएर सम्पूर्ण क्षेत्रमा उत्सवको माहोल देख्न पाइयो।

मौसमी बनिकको सञ्चालनमा आयोजित यस पूजामा स्थानीय मानिसहरू लगायत टाड़ा-टाड़ाबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालुहरू आएका थिए।यो पूजा मुख्य रूपमा गन्धबणिक समुदायकी कुलदेवी मां गन्धेश्वरीको आराधनाको रूपमा गरिन्छ जसलाई देवी दुर्गाकै एक विशेष स्वरूप मानिन्छ। सिंहवाहिनी तथा चतुर्भुजा स्वरूपमा विराजमान देवीको प्रतिमामा दुर्गा र जगद्धात्रीको झलक स्पष्ट देखिन्छ।

परिवार अनुसार यस पूजाको जरा बङ्गलादेशसित जोड़िएको छ जहाँ लगभग सय वर्षअघि उनीहरूका पूर्खाहरूले यसको शुरूआत गरेका थिए। देस विभाजन भएर भारतमा आएपछि पनि यस परम्परालाी जीवित राखियो। हाकिमपाड़ामा पछिल्लो 27 वर्षदेखिको यो पूजा लगातार आयोजना हुँदै आएको छ।

यस अवसरमा कुचबिहार, अलिपुरद्वार, असम समेत उत्तर बङ्गाल र दक्षिण बङ्गालका विभिन्न क्षेत्रहरूबाट श्रद्धालुहरू आएका छन्। एक दिनको यस पूजाले सम्पूर्ण बनिक परिवारको घरलाई एउटा ठूलो मिलन समारोहमा परिणत गरिदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali