Dailyhunt

सिलगढ़ीमा पोस्टल ब्यालेट ट्रङ्क विवादले मतगणना रोकियो, केन्द्रमा बढ़्यो तनाउ

सिलगढ़ी, 04 मई (हि.स.)। सोमवार बिहान मतगणना शुरू हुनसाथ सिलगढ़ी कलेजस्थित मतगणना केन्द्रमा व्यापक तनाउ फैलियो। पोस्टल ब्यालेटसित सम्बन्धित 6 वटा ट्रङ्कमध्ये 5 वटा खुल्लै रहेको तृणमूल कङ्ग्रेसले आरोप लगाएपछि स्थिति तनाउपूर्ण भयो।

तृणमूल एजेन्टहरूले कथित गड़बड़ीको विरोधमा प्रदर्शन गर्न शुरू गरे जसले गर्दा सिलगढ़ी विधानसभा क्षेत्रको मतगणनालाई अस्थाी रूपमा स्थगित गर्नु पऱ्यो।

सत्तारूढ़ दलको दाबी छ, पोस्टल ब्यालेटको ट्रङ्क सील हुनुपर्थ्यो, तर पाँच वटा ट्रङ्क पहिलाबाटै खोलिएको पाइयो। यस विवादको कारणले सिलगढ़ी कलेज केन्द्रमा सिलगढ़ी, माटीगाड़ा-नक्सलबाड़ी औ फाँसीदेवा गरी तीन वटा अहम विधानसभा सीटहरूको मतगणना हुन सकेन। मतगणना केन्द्रभित्र तृणमूल एजेन्ट र चुनाउ अधिकारीहरूबीच चर्को बहस समेत भयो।

तृणमूल कङ्ग्रेसले यस मामिलामा चुनाउ आयोगलाई तत्काल हस्तक्षेप गर्ने माग गरेको छ साथै आरोप लगाएको छ, गन्तीमा हेरफेर गर्ने नियतले ट्रङ्कको सील पहिलाबाटै खोलियो।

यता स्थितिलाई नियन्त्रण गर्नको लागि मतगणना केन्द्रमा अतिरिक्त केन्द्रिय बल र पुलिस बललाई तैनाथ गरिएको छ।

जिल्ला चुनाउ अधिकारीले मामिलाको जाँच गरिरहेका छन्। तथापि अहिलेसम्म चुनाउ आयोग आयोगद्वारा कुनै आधिकारिक बयान जारी गरिएको छैन। यी तीन वटा सीटको मतगणना रोकिएको कारणले उम्मेद्वारहरू सहित आम जनतामा चिन्ता अनि उत्सुकताको माहोल कायम भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali