Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
सिविटार चियाबारीको रोडमा पैह्रो: ठूला गाडीहरु कुदाउन जोखिमपूर्ण

सिविटार चियाबारीको रोडमा पैह्रो: ठूला गाडीहरु कुदाउन जोखिमपूर्ण

खरसाङ, 30 अप्रेल (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार रोडमा पैह्रो गएको छ। सिविटसर चियाबारीको गुम्बाडाँडा गाउँको नेटवर्क डाँडा नजिक रोडमा बिहिवार पैह्रो गएको हो।

पैह्रोले रोडको केही भाग लगेको छ। यद्यपि, साना गाडीहरु र दुई चक्के वाहनहरु कुदिरहेका छन्। तर, ठूला गाडीहरु कुदाउन भने जोखिमपूर्ण बनेको छ।

यो रोडमा पैह्रो गएपछि पैह्रो रोकथाम गर्न आवश्यक देखिएको छ। वर्तमान समयमा पानी परिरहेकाले यो रोड झट्टै मर्मत नगरे अझैं पैह्रो जान सक्ने सम्भावना देखिएको छ। यो रोडमा पैह्रो गएपछि स्थानीयहरुको सहयोगमा पञ्चायत सदस्य राजीव तामाङको पहलमा पोलिथिन लगाउने कार्य गरिएको छ।

यो रोडले सिविटार, गिताङ्गे, सिमरिङ, शिवखोला, मालुटार क्षेत्रलाई महानदी अनि खरसाङसित जोड्दछ। यहॉं पैह्रो गएकाले अहिले यी ठाउँहरूमा बसोबास गर्ने मानिसहरूलाई धेरै असुविधा भएको छ। यही सिविटारको रोड भएर शिवखोला हुँदै नरबुङ, सिपाहीधुरा हुॅंदै रङटङ अनि सिलगढी पुग्न सकिन्छ। पर्यटकहरु दिनहुॅं यो बाटो ओहोर दोहोर गर्ने गरेका छन्। त्यसैले पनि यस रोडको मरमत्ति झट्टै गर्न आवश्यक देखिएको छ।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali