Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न

सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न

गान्तोक, 02 मई (हि.स.)। पश्चिम सिक्किमको सोरेङ नगर पञ्चायतका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण समारोह सम्पन्न गरिएको छ। सोरेङ जिल्लामा यसपाली पहिलो पटक नगरपालिका चुनाउ भएको हो।

सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा आज आयोजित शपथ ग्रहण समारोह जिल्लापाल तथा नगरपालिका चुनाउ अधिकृत धिरज सुबेदीले निर्वाचित पार्षदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए।

यस अवसरमा क्षेत्र विधायक आदित्य गोले र स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ पनि उपस्थित थिए।

सोरेङ नगरपालिकाको कुल पॉंचवटा वार्डमा भएको चुनाउमा चारवटा वार्डमा सत्ताधारी एसकेएम पार्टीका उम्मेदवारहरू र एक वार्डमा भाजपा उम्मेदवार विजयी भएका छन्। एसकेएम पार्टीकी पार्षद दिनाहाङ्गमा सुब्बालाई सर्वसम्मतिद्वारा सोरेङ नगर पञ्चायतको सभापति निर्वाचित गरियो भने दिलप्रसाद जोगीलाई उपाध्यक्ष निर्वाचित गरियो।

सुब्बा वार्ड नम्बर तीन सोरेङ बजारबाट निर्वाचित भएकी हुन् भने जोगी वार्ड नम्बर चार प्रगति चौकबाट निर्वाचित भएका हुन्। यसरी नै शान्तिकला लिम्बू वार्ड नम्बर एक सिङलिङबाट र वार्ड नम्बर पॉंच डॉंड़ागाउॅंबाट दिव्या सुब्बा निर्वाचित भएका छन्। यस अतिरिक्त, भाजपाका एकमात्र उम्मेदवार नरेन सुब्बा वार्ड नम्बर 2 डॉंड़ा बजारबाट निर्वाचित भएका छन्।

विधायक गोलेले सोरेङ नगर पञ्चायतका सबै निर्वाचित पार्षदहरूलाई बधाई एवं शुभकामना दिए। उनले सोरेङलाई नगरपञ्चायत बनाएकोमा कृतज्ञता व्यक्त गर्दै आजको दिनलाई ऐतिहासिक बताए। उनले निर्वाचित सदस्यहरूले प्रभावकारी शासन र प्रशासनको लागि नगर पञ्चायत सम्बन्धित ऐन, भूमिका, जिम्मेवारी र कार्यप्रणालीसँग परिचित गराउन उनीहरूका लागि अभिमुखीकरण र प्राविधिक सत्रहरू आयोजना गरिने जानकारी गराए।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali