Dailyhunt

तपनमा चार वटा जिउँदो बम जफत, क्षेत्रमा सन्त्राष व्याप्त

क्षिण दिनाजपुर, 05 मई (हि.स.)। जिल्लाको तपन ब्लकम विधानसभा चुनाउ 2026 को फलाफल सार्वजनिक भएपछि सृजित तनाउबीच मङ्गलवार चार वटा जिउँदो बम भेटियो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचिएको छ।

सूत्र अनुसार चौरङ्गी मोड़ क्षेत्रमा एक हाईमास्ट लाइट मुनि लगाइएको ब्यानरको पछाड़ि एउटा बेवारिसे ब्यागमा स्थानीय मानिसहरूको नजर पऱ्यो। ब्यागको जाँच गर्दा त्यसमा दुई वटा जिउँदो बम भेटियो। यस घटनाको केही समयपछि एउटा लटरी दोकानको टेबल मुनि राखिएको दोस्रो ब्यागमा पनि बम भेटियो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो। सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर आवागामनमाथि रोक लगाइदियो। त्यसपछि सबै बमहरूलाई सुरक्षित स्थानमा लगियो जहाँ बमहरूलाई निष्क्रिय बनाउनको लागि बम निरोधक टोलीलाई बोलाइयो। घटनालाई लिएर राजनीतिक आरोप-प्रत्यारोप पनि शुरू भएको छ।

भारतीय जनता पार्टी (भाजपा) का जिल्ला नेतृत्वको आरोप छ, चुनाउमा तृणमूल कङ्ग्रेसको जीत भएपछि विपक्षी नेता तथा कार्यालयहरूमा हमला गर्ने षड़यन्त्र अन्तर्गत यी बमहरू राखिएको थियो।

तृणमूल कङ्ग्रेसले उक्त आरोपलाई पूर्ण रूपले खारेज गर्दै भनेको छ, क्षेत्रमा अशान्ति फैलाउनको लागि कसैले यो षड़यन्त्र रचेको हुनसक्छ।

पुलिसले यस मामिलाको जाँच गरिरहेको छ साथै यी बमहरूलाई कसले र कुन उद्देश्यले राखिएको हो, पत्तो लगाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali