गुवाहाटी, 05 मई (हि.स.)। राजधानी गुवाहाटीको सोनापुरस्थित प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले टीबीलाई जरैबाट निर्मूल गर्ने उद्देश्यले राष्ट्रव्यापी पहल टीबी मुक्त भारत अन्तर्गत आज एक जागरूकता अभियानको सफलतापूर्वक आयोजन गऱ्यो।
अभियानको आयोजन कमाण्डेन्ट (मेडिकल) डा. रिङ्कू डे, सन्दीक्षा अध्यक्ष वैशाली कौशिक औ सहायक कमाण्डेन्ट (मेडिकल) डा. टी. निर्जंता देवीको मार्गदर्शनमा गरियो।
यो अभियान वाहिनीका सबै कार्मी तथा सन्दीक्षा सदस्यहरूलाई टीबीको कारण, लक्षण, रोकथाम औ उपचारको बारेमा शिक्षित बनाउनेमाथि केन्द्रित थियो। बिमार शीघ्र पत्तो लगाउने, उपचारको पालन गर्ने तथा बिमारसित सम्बन्धित कलङ्कलाई कम गर्नेमाथि विशेष बल दिइयो।
अभियानलाई चिह्नित गर्न तथा यसलाई अगाड़ि बढ़ाउनको लागि गुवाहाटीको दिसपुरस्थित जीएनआरसी अस्पतालको कन्सल्टेन्ट डिपार्टमेन्ट अफ मेडिसिनका एमडी (मेडिसिन) डा. इरशाद अली अहमदलाई आमन्त्रण गरिएको थियो। उनले टीबी रोकथामको लागि विभिन्न उपायहरूमाथि प्रकाश पारे। यस अवधि चिकित्सकद्वारा निःशुल्क चिकित्सा जाँच पनि गरियो।
सबै प्रतिभागीहरूलाई जागरूकता फैलाउने, समयमा चिकित्सा परामर्श सुनिश्चित गर्ने र उपचार गरिरहेका मानिसहरूलाई सहायता गरेर यस पहललाई समर्थन गर्नको लागि प्रोत्साहित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
