Dailyhunt
तीनधारे र घैयाबारीका भाजपा प्रतिनिधिद्वारा मतदाताहरूप्रति आभार प्रकट

तीनधारे र घैयाबारीका भाजपा प्रतिनिधिद्वारा मतदाताहरूप्रति आभार प्रकट

खरसाङ, 06 मई (हि.स.)। भर्खरै सम्पन्न भएको पश्चिम बंगालको विधानसभा चुनाउमा अभूतपूर्व विजय हासिल भएकोमा 24 खरसाङ समष्टिका भाजपा प्रतिनिधिहरुले क्षेत्रका जनतालाई आभार व्यक्त गरेका छन्।

घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत सदस्य महेश छेत्रीले एक विज्ञप्ति जारी गर्दै भने, गत 23 अप्रेलमा सम्पन्न चुनाउमा घाम पानी नभनी अनुशासित भएर लाईनमा उभी आफ्नो बहुमूल्य मतधिकारको प्रयोग गर्ने 253, 254, 256 अनि 257 वार्डका सम्पूर्ण मतदाताहरूप्रति म, पञ्चायत सदस्य महेश छेत्रीको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु।

लोकतन्त्रको यस महान पर्वमा तपाईहरू जसरी मतदान गर्नका निम्ति उत्साहका साथ घरबाट निक्लिएर मतदान केन्द्र अघि घण्टौं लाईनमा उभी आफ्नो बहुमूल्य मतधिकारको प्रयोग गर्नु भयो, यसका लागि यहाँहरू घैयाबारी तीन पञ्चायत अन्तर्गत पर्ने 253, 254, 256 अनि 257 वार्डका सबै-सबै मतदाताहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।

यसरी नै भारतीय जनता पार्टीमाथि पूर्ण आस्था र विश्वास राखेर हाम्रा 24 खरसाङ निर्वाचन क्षेत्रका उम्मेद्वार सोनाम लामालाई अपार मतले विजयी बनाएकोमा 253, 254, 256 अनि 257 वार्डका मतदाताहरूलाई ह्रदयबाट धन्यवाद दिएका छन्। उनले जनताको माया, विश्वास र आशीर्वाद प्राप्त नभएको भए भारतीय जनता पार्टीको जीत सम्भाव थिएन भनी बताएका छन्।

तीनधारे राजबारीको बुथ सभापति एवं भाजपाको युवा सचिव ईमानुएल राईले पनि आफ्नो क्षेत्रका मतदाताहरुप्रति आभार प्रकट गरेका छन्। उनले तीनधारेको राजबारीमा रहेको बुथ नम्बर 252 को सबै मतदाताहरुप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali