Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

तृणमूल कङ्ग्रेसका पूर्व विधायक देवप्रसाद बाग पक्राउ

पूर्व बर्धमान, 02 जून (हि. स.)। कालनाका पूर्व तृणमूल कङ्ग्रेस विधायक देवप्रसाद बागलाई आर्थिक धाँधली औ धोकाधड़ीको आरोपमा पक्राउ गरिएको छ। कालना पुलिसले मङ्गलवार बिहान उनलाई पक्राउ गरेको हो।

यस घटनाको कारणले क्षेत्रमा खैलाबैला मचिएको छ।

प्राप्त जानकारी अनुसार कालना पुलिसले गए सोमवार रातिदेखि नै कालना शहरस्थित पूर्व तृणमूल विधायकको घर तथा वरपरका क्षेत्रहरूमा व्यापक रूपमा खोजी अभियान सञ्चालन गरिरहेको थियो। अभियान अवधि पुलिससित केन्द्रिय बलका जवानहरू पनि उपस्थित थिए। अबेर राती केन्द्रिय बलद्वारा विधायकको घरलाई घेराबन्दी गरिएको खबर फैलिनसाथ क्षेत्रमा कोकोहोलो मचियो। रातभरि भएको खानतलासी र जाँचबुझपछि पुलिसले मङ्गलवार सवेरै देवप्रसाद बागलाई पक्राउ गऱ्यो। पक्राउपछि उनलाई कालना पुलिसले पहिला कालना थानामा पुऱ्यायो भने पछि उनलई नादनघाटमा पुऱ्यायो। पुलिस सूत्रानुसार मङ्गलवार उनलाई अदालतमा पेश गरी रिमाण्डको माग गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali