कुचबिहार, 06 मई (हि.स.)। चुनाउ परिणाम सार्वजनिक भएपछि बढ़्दो राजनीतिक तनाउबीच एकजना तृणमूल कङ्ग्रेस कार्यकर्ताको घर पछाड़ि ताजा बम भेटिनाले कोकोहोलो मचियो। बुधवार महिषकुची एक नम्बर ग्राम पञ्चायत क्षेत्रमा सुशान्त दासको घर नजिकै अवस्थित एक तलाउबाट पुलिसले जिउँदो बम जफत गऱ्यो।
जानकारी अनुसार खेतमा धान काटिरहेको समय ग्रामीणहरूले एउटा ब्याग देखे जसमा बम राखिएको थियो। त्यसपछि पुलिसलाई सूचना दिइयो।
घटनालाई लिएर राजनीतिक आरोप-प्रत्यारोप पनि शुरू भएको छ। भाजपा नेता गौतम दासले आरोप लगाए, चुनाउ अवधि अशान्ति फैलाउनको लागि बम थुपारेर राखिएको थियो।
यता तृणमूल कार्यकर्ता सुशान्त दासले उक्त आरोपलाई खारेज गर्दै भने, परिणाम घोषणा भएदेखि नै तिनी घरदेखि बाहिर छन्। उनलाई फसाउनको लागि बम राखिएको हो। उनको दाबी छ, उनको परिवारले नै पुलिसलाई घटनाको सूचना दिएको थियो, तर अहिले उनीहरूमाथि नै आरोप लगाइँदैछ। पुलिसले मामिलाको जाँच कार्य शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
