Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

त्रिपुराको क्याबिनेटले दोस्रो विश्व युद्धका पूर्व सैनिकहरूको विदुई भत्ता बढ़ायो, 107 वटा पदलाई मञ्जुरी दिइयो

गरतला, 03 मई (हि.स.)। त्रिपुराको राज्य सरकारले केही विभागहरूमा 107 वटा नयाँ पद सिर्जना गरी त्यसलाई भर्ने स्वीकृति दिएको छ। दोस्रो विश्व युद्धका पूर्व सैनिकहरूका विदुईहरूको लागि मासिक भरण-पोषण भत्तालाई पनि बढ़ाउनको साथै ड्यूटीमा शहीद भएका सीएरपीएफ जवानहरूको आश्रित बाल-बालिकाहरूको लागि एउटा कल्याणकारी योजनालाई पनि स्वीकृति दिएको छ।

मुख्यमन्त्री माणिक साहाको अध्यक्षतामा सम्पन्न भएको बैठकपछि गए शनिवार राती मीडियालाई जानकारी गराउँदै क्याबिनेट प्रवक्ता सुशान्त चौधरीले बताए, मन्त्रीपरिषदले भर्ती एवं सामाजिक कल्याणसित सम्बन्धित प्रस्तावहरूलाई मञ्जुरी दिएको छ। उनले बताए, क्याबिनेटले चुनाउ विभागमा 15 वटा खाली पदहरूलाई भर्ने स्वीकृति दिएको छ जसमा ग्रुप सी अन्तर्गत लोअर डिभीजन क्लर्क (एलडीसी)- को 11 वटा पद र ग्रुप डी अन्तर्गत मल्टी-टास्किङ्ग स्टाफको 4 वटा पद सामेल छन्।

एलडीसीका पदहरूमा 6 वटा पद सोझै भर्तीको माध्मबाट र 5 वटा पदोन्नति (प्रमोशन)-को माध्यमबाट भरिनेछ जबकि ग्रुप डीका सबै पदहरूलाई सोझै भर्तीको माध्यमबाट भरिनेछ।

एक कल्याणकारी कदमको रूपमा क्याबिनेटले दोस्रो विश्व युद्धका पूर्व सैनिकहरूका 12 जना विदुईहरूको लागि मासिक भरण-पोषण भत्ता 10,000 रुपियाँदेखि बढ़ाएर 15,000 रुपियाँ बनाउने फसेला लिएको छ। उनले बताए, यस भत्तामा अन्तिम पटक वर्ष 2019-मा परिवर्तन गरिएको थियो।

सरकारले ड्यूटी गर्दागर्दै शहीद भएका केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)-का जवानहरूको 18 वर्षभन्दा अधिक उमेर भएका अविवाहित आश्रित छोरा-छोरीहरूको लागि 2 हजार रुपियाँ मासिक आर्थिक सहायतालाई पनि स्वीकृति दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali