Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

उत्तर बङ्गालको चिया उद्योगलाई लिएर बैठक

सिलगढ़ी, 02 जून (हि.स.)। उत्तर बङ्गालको चिया उद्योगको विकास, बन्द र बिमार चिया बागानहरूको समस्या समाधान गर्न तथा श्रमिकहरूको कल्याणलाई लिएर मङ्गलवार मिनी शाखा सचिवालय उत्तरकनन्यामा एक महत्वपूर्ण बैठक आयोजना गरियो।

बैठकमा चिया उद्योगको वर्तमान स्थिति, श्रमिकहरूको समस्या एवं भविष्यको रणनीतिमाथि स विस्तार चर्चा गरियो। चर्चामा पछिल्लो लामो समयदेखिको बन्द अवस्थामा रहेको तथा रोगी चिया बगानहरूको भविष्य, श्रमिकहरूको जीवन स्तर, स्वास्थ्य, शिक्षा एवं सामाजिक सुरक्षा जस्ता मुद्दाहरूलाई प्राथमिकता दिइयो।

बैठकपछि सांसद राजू बिष्टले भने, उत्तर बङ्गालको चिया उद्योगको समग्र विकास नै मुख्य उद्देश्य हो। उनले आरोप लगाए, केन्द्र सरकारद्वारा चिया श्रमिक कल्याण योजना अन्तर्गत आवन्टित एक हजार करोड़ रुपियाँमध्ये 313 करोड़ रुपियाँ राज्य सरकारद्वारा प्रस्ताव नपठाइएको कारणले खर्च हुन सकेन। उनले भरोसा दिलाए, यस राशिको उपयोग चाँड़ै चिया बगानका श्रमिकहरूको कल्याण, स्वास्थ्य सेवा तथा आधारभूत ढाँचाको विकासमा गरिनेछ।

उनले कड़ा सन्देश दिँदै भने, कुनै पनि चिया बगान बन्द रहनेछैन। सबै बन्द चिया बगानहरूलाई चाँड़ै खोल्ने पहल गरिनेछ। चिया बगानहरूको जमीनमा होटल बनाउने प्रयासलाई सहन गरिनेछैन। त्यहाँ चियाको खेती मात्र हुनेछ। उनले बताए, आगामी दिनमा यस मुद्दामा अझ विस्तृत कार्ययोजना तयार गरिनेछ।

यस बैठकमा उत्तर बङ्गाल विकास एवं खेल मन्त्री निशीथ प्रमाणिक, दार्जीलिङका सांसद राजू बिष्ट, सांसद मनोज टिग्गा औ विधायक विशाल लामा समेत केही जनप्रतिनिधिहरू उपस्थित थिए। साथै टी बोर्डका अधिकारी र प्रशासनिक प्रतिनिधिहरू पनि बैठकमा उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali