Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
विद्या भारतीका संगठन मन्त्रीले राज्यपालसॅंग गरे शिष्टाचार भेट

विद्या भारतीका संगठन मन्त्रीले राज्यपालसॅंग गरे शिष्टाचार भेट

Hindusthan Samachar 2 months ago

गान्तोक, 28 मार्च (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका संगठन मन्त्री गोबिन्द चन्द्र महन्तले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा विद्या भारतीका सह संगठन मन्त्री पार्थ घोष, प्रान्त महासचिव बिजय कुमार शर्मा र संयोजक मोहन शर्मा पनि सामेल थिए।

विद्या भारतीका संगठन मन्त्री महन्तले राजधानीको लोकभवनमा राज्यपालसॅंग भेट गरेका हुन्। यस भेटका क्रममा राज्यपालसॅंग परिचायत्मक एवं संगठनात्मक चर्चा भएको संयोजक शर्माले जानकारी गराएका छन्।

राज्यपाल माथुरले विद्या भारती सिक्किमका गतिविधिहरूको बारेमा जानकारी लिॅंदै प्रान्तको रजत जयन्ती समारोहका लागि शुभकामना दिए।

उल्लेखनीय छ, विद्या भारती सिक्किमले संस्कारयुक्त एवं गुणात्मक शिक्षाको क्षेत्रमा समर्पित सेवाको गौरवशाली 25 वर्ष पूरा गरेको छ। यस क्रममा प्रदेश एकाईले 27 मार्च, 2026 का दिन भव्य रजत जयन्ती समारोह आयोजन गऱ्यो।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali