Dailyhunt
वियतनामका राष्ट्रपतिको औपचारिक स्वागत, प्रधानमन्त्री मोदीसित द्विपक्षीय वार्ता

वियतनामका राष्ट्रपतिको औपचारिक स्वागत, प्रधानमन्त्री मोदीसित द्विपक्षीय वार्ता

नयाँ दिल्ली, 06 मई (हि.स.)। भारतको पहिलो राजकीय भ्रमणमा मंगलवार साँझ नयाँ दिल्ली आइपुगेका वियतनामका राष्ट्रपति तो लामको बुधवार राष्ट्रपति भवनमा औपचारिक स्वागत गरियो। राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरे।

राष्ट्रपति लाम र प्रधानमन्त्री मोदीबीच दिल्लीको हैदराबाद हाउसमा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ।

स्वागतपछि राष्ट्रपति तो लामले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा राष्ट्रपति तो लामसँग भेट गरे। प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूका साथै पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा राष्ट्रपति लामसँग व्यापक छलफल गर्नेछन्।

वियतनामका राष्ट्रपति तो लाम आफ्नो पहिलो राजकीय भ्रमणमा मंगलवार साँझ भारत आइपुगे। भारत र वियतनामले यस वर्ष व्यापक रणनीतिक साझेदारीको 10 वर्ष मनाइरहेका छन्। वियतनामी राष्ट्रपतिको भारत भ्रमण बिहारको बोधगयाबाट शुरु भएको थियो। राष्ट्रपति लामले बोधगया स्थित महाबोधी मन्दिरमा प्रार्थना गरे।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा वियतनाम कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव तथा वियतनामका राष्ट्रपति लाम 05 मईदेखि 07 मईसम्म भारतको राजकीय भ्रमणमा रहनेछन्। उनीसँगै वियतनामी सरकारका मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि आएको छ। राष्ट्रपति लामले भारत भ्रमणको क्रममा मुम्बईको पनि भ्रमण गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali